स्थानिय समाचार

शुक्ला हिलेटारमा साउने सोमवार भगवान शिवको महिमा सहितको सत्संग हुने

By Meropati
२०८३ अशोज ३, शनिबार
शुक्ला हिलेटारमा साउने सोमवार भगवान शिवको महिमा सहितको सत्संग हुने

दुलेगौंडा, २७ असार । तनहुँको शुक्लागण्डकी–८ स्थित शुक्ला हिलेटार शिवालय क्षेत्रमा साउनको प्रत्येक सोमबार भगवान शिवको महिमा सहितको सत्संग हुने भएको छ ।

संस्थाले विगत ४ वर्षदेखि साउनको सोमवार सत्संग गर्दै आएकोमा यस पटक संगीतमय प्रवचन थप गरिएको उपाध्यक्ष ध्रुवकुमार मल्लले जानकारी दिए । उनले यस क्षेत्रका प्रचार, भक्तजनहरुको आगामनमा वृद्धि र निर्माणाधिन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान मार्फत सहयोग संकलन गर्ने उदेश्य रहेको बताए । उनले शुक्लागण्डकी क्षेत्रका सबैको यस शिवालय क्षेत्रमा सकेको दान संकलन गरि व्यवस्थिथ बनाउने उल्लेख गरे ।

मन्दिर निर्माण उपसमितिका संयोजक ज्ञानप्रसाद भण्डारीले टोलटोलमा पुगेर दाताहरुसँग आर्थिक संकलन भइरहेको बताए । सदस्य विवेक खनालले पुरानो शिवको यस मन्दिरको विस्तारै विकासले बाटो समाउन लागेको बताए । उनका अनुसार हालसम्म कबोलसहित करिव २० लाख रुपैया संकलन भएको छ । पण्डित ऋषिराम पौडेलले शिव महिमा कथा बाचन गर्नेछन् । हिन्दू धर्मशास्त्रमा साउन महिनालाई शिवको अत्यन्त प्रिय महिना रुपमा लिइन्छ । साउनको सोमवार भगवान शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल शिवलिंगमा चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

0 SHARES
सेयर गर्नुहोस्: