गण्डकी मल्टिपल कलेजद्धारा छात्रा अन्जना राईलाई सम्मान

दुलेगौंडा, २७ असार । गण्डकी मल्टिपल कलेजबाट स्नातक तह व्यवस्थपान शंकायको दोस्रो वर्षमा त्रिभुवन विश्वविद्यालयबाटै उत्कृष्ट नतिजा ल्याउन सफल अन्जना राईलाई सम्मान गरिएको छ । कलेजले विहिवार आयोजित एक कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगत तिमिल्सीना, वडा नं. ६ का अध्यक्ष बुद्धि बहादुर थापा लगायतले सम्मान गरे ।
तनहुँको शुक्लागण्डकी–६ भुरुङ्गेमा रहेको सो क्याम्पसमा अध्ययनरत राईले ८४ प्रतिशत अंक ल्याई विश्वविद्यालयमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको क्याम्पस प्रमुख लिलानाथ काफ्लेले जानकारी दिए । सोहि क्याम्पसकी समिक्षा न्यौपानले ७७.८ प्रतिशत नतिजा ल्याइन् । राईले कक्षा १२ को परिक्षामा पनि गण्डकी प्रदेशबाट उत्कृष्ट नतिजा ल्याएकी थिइन् ।
सो अवसरमा बोल्दै राष्ट्रिय सभा सदस्य तिमिल्सीनाले आफूपनि प्राध्यापन क्षेत्रबाटै राष्ट्रिय सभामा प्रतिनिधित्व गरेको बताउदै यस क्षेत्रका विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न सहयोग गर्न तयार रहेको बताए । वडा अध्यक्ष बुद्धि बहादुर थापाले पछिल्ला समयमा कलेजले विद्यार्थीको मन जित्दै गएकोमा खुसी व्यक्त गरे । सम्मानित छात्रा राईले सबैको सामुहिक प्रायसले आफूले सफलता पाएको बताईन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमित गुरुङको अध्यक्षतामा सोे कार्यक्रम भएको थियो । सोहि अवसरमा राष्ट्रिय सभा सदस्य तिमिल्सीना र क्याम्पसका प्राध्यापकहरुलाई सम्मान गरिएको थियो ।

Advertisment