दुलेगौंडा, २१ असार ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडक र पुलकोलागि योजना माग गरेका छन् । गण्डकीका विभिन्न जिल्ला पुगेर राजधानी फर्कने क्रममा तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधीहरुसँगको भेटघाटका क्रममा मागेका योजनामा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले तनहुँको लागि ४ अर्बको बजेटको सिमामा रहेर सडक र पुलको योजना ल्याउन माग गरे । म तपाईहरुको बीचमा आइपुगेको छु, तपाईको ठाउँमा आवश्यक पर्ने योजना ल्याउनुस सतप्रतिशत पुरा हुन्छ, जिल्ला सभापतिसहित बसेर पालिकासँग समन्वय गरि योजना ल्याउनुस । रास्वपाका नेताहरुले स्थानीय र प्रदेश तहबाट विनियोजन गरिएका बजेटको योजना गुणस्तरकासाथै अलपत्र परेका गुनासो मन्त्री लम्सालसमक्ष गरेका थिए । उनले त्यस्ता योजनाको सन्र्दमा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरि दबाब दिन आग्रह गरे । त्यति गरेर पनि नभएमा मलाई फोन गर्नुहोस, उनले थपे, नभए हामी मेयरलाई नि कार्वाही गर्छौ, प्रदेशको मन्त्रीलाई नि कार्वाही गछौं ।
पूर्वाधार मन्त्री सुनिल लम्सालले भनेः जनताको काम नगरे मेयर र प्रदेशका मन्त्रीलाई पनि कार्वाही गछौं
२१ असार २०८३, आईतवार
Advertisment





