एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणालीको सुचकमा शुक्लागण्डकी जिल्लामै प्रथम, गण्डकीमा चौथो

दुलेगौंडा, १८ चैत । शिक्षा तथा मानव स्रोत केन्द्रले शिक्षाका विभिन्न सुचकहरुको विश्लेषण गरी एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली शुरु गरेको छ ।
केन्द्रले शैक्षिक सत्र २०७९ लाई आधार मानी शैक्षिक सत्र २०८० र २०८१ मा भएको प्रगतिको आधारमा तनहुँ जिल्लामा शुक्लागण्डकी प्रथम हुन सफल भएको छ । विभिन्न सुचकका आधारमा शुक्लागण्डकी राष्ट्रियस्तरमा ३६ औं र गण्डकीमा चौथो नम्बरमा परेको शिक्षा शाखा प्रमुख नवराज चापागाईले जानकारी दिए ।
शिक्षामा पहुँचको अवस्था, सहभागिता, सिकाईको अवस्था र उपलब्धि तथा छात्र÷छात्राको समता सुचक गरी ४ वटा सुचकसँग सम्बन्धित शैक्षिक अवस्थाको विशेषण गरी शिक्षामा समता सुचक प्रकाशन गरिएको हो । तीनै सचुकका आधारमा प्रत्येक पालिकालाई समग्र राष्ट्रिय, प्रदेश र जिल्ला स्तर निर्धारण गरिएको चापागाईले बताए ।
शुक्लागण्डकी नगरपालिको शैक्षिक सत्र २०८१ बाट आधारभुत तहको अनिवार्य तथा निशुल्क शिक्षा लागु गरेको थियो । शैक्षिक सुधार वर्ष घोषणा गरि शिक्षामा गरिएको विशेष लगानीको प्रतिफल देखिदै गएको नगर प्रमुख कृष्णराज पण्डितले बताए । नगरले गएको शैक्षिक शत्रलाई शिक्षा र पूर्वाधारलाई विशेष प्राथमिकता दिएको थियो ।
उपप्रमुख खुम बहादुर विक राजुले पृथ्वीराजमार्गको विस्तारसँगै अब पोखरासँग शुक्लागण्डकीले प्रतिष्पर्धा हुने सामुदायिक र संस्थागतको साघुरो घेराबाट माथि उठेर अघि बढ्नुपर्नेमा जोड दिए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका, २०७९ जारी गर्दै कार्यान्वयनमा लागेको थियो ।

Advertisment