शुक्लागण्डकीमा आजदेखि विद्यार्थी भर्ना अभियान, बैशाख ७ देखि पठनपाठन

दुलेगौंडा, ३ बैशाख । शुक्लागण्डकी नगरपालिकाले आजदेखि विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु गरेको जनाएको छ । नगर प्रमुख कृष्णराज पण्डितले विहिवार विज्ञप्ती जारी गर्दै आगामी बैशाख ७ गतेबाट पठनपाठन सुचारु गर्न अपिल गरेका छन् । गत चैत १८ मा सम्पन्न नगर शिक्षा समितिको बैठकबाट कम्तिमा २ सय २० दिन विद्यालय सञ्चालन हुने गरी शैक्षिक क्यालेण्डर तयार गरी कार्यान्वयन गर्ने निर्णय भए बमोजिम नयाँ शैक्षिक शत्रमा विद्यार्थी भर्ना अभियान र पठनपठान गर्न अपिल गरिएको हो । विज्ञप्तीमा पाठ्यक्रम विकास केन्द्रले स्विकृत गरेका पाठ्क्रम मात्र लागु गर्न भनिएको छ ।

शिक्षा मन्त्रालयले वैशाख १५ बाट अभियान सञ्चालन गर्न निर्देशन दिए पनि संविधानअनुसार माध्यमिक तहसम्मको अधिकार स्थानीय तहमा भएकाले कतिपय स्थानीय तहरुले भर्ना अभियान अघि बढाएका हुन् ।

Advertisment