व्यक्ति विशेष

ब्रम्हाकुमारी राजयोग केन्द्र दमौलीका सचिव राजु खड्काको निधनमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा दुःख व्यक्त

By Meropati
२०८३ कार्तिक ४, मङ्लबार
ब्रम्हाकुमारी राजयोग केन्द्र दमौलीका सचिव राजु खड्काको निधनमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा दुःख व्यक्त

दमौली, २७ जेठ \ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ब्रम्हाकुमारी राजयोग केन्द्र दमौलीका सचिव राजु खड्काको निधनप्रति दुख व्यक्त गर्नुभएको छ ।

Advertisement

खड्काको बुधबार काठमाडौमा उपचारका क्रममा निधन भएको थियो । आज शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता पौडेलले दमौली र यस सेरोफेरोमा झण्डै डेढ दशकदेखि राजयोग तथा आध्यात्मिक सकारात्मक चिन्तनको क्षेत्रमा क्रियाशील रहेर प्रशिक्षण दिँदै आएका प्रशिक्षक एवं उर्जाशील युवा खड्काको निधन भएको खबरले अत्यन्तै मर्माहत बनाएको उल्लेख गर्नुभयो ।

“मीठो बोलीवचन, मिजास र एकदमै सरल स्वाभावका धनी राजुले दमौलीमा रहि आध्यात्मिक जीवन र राजयोगको शिक्षा विस्तारबाट असल समाज निर्माणमा पु¥याउनुभएको योगदान सबैका लागि प्रेरणादायी बनी हाम्रो स्मरणमा सदैव रहनेछ,” पौडेलले भन्नुभयो ।

0 SHARES
सेयर गर्नुहोस्: