खेलकुद

नवौँ राष्ट्रिय खेलकूद अर्को वर्ष हुने राखेपका सदस्यसचिव सिलवालको भनाइ

By Meropati
२०८३ कार्तिक ४, मङ्लबार
नवौँ राष्ट्रिय खेलकूद अर्को वर्ष हुने राखेपका सदस्यसचिव सिलवालको भनाइ

पोखरा, ३ पुस । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले विहिबार पोखरा रङ्गशालामा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता कोरोनाका कारण हुन सक्ने अवस्था नरहेको बताउनुभएको छ ।

Advertisement

उहाँले भन्नुभयो, “नवौँ राष्ट्रिय खेलकूद फागुन २० देखि गण्डकीमा गर्दछौँ भनेर घोषणा गरेका थियौँ तर अहिले तोकिएको मितिमा सञ्चालन गर्ने अवस्था छैन, अब विसं २०७८ भित्र प्रतियोगिता सञ्चालन गर्न सक्छौँ ।” मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले फाउण्डेशनले खेल क्षेत्रको पूर्वाधार निर्माण र खेल क्षेत्रमा लाग्नेहरूको हौसला अभिवृद्धिमा सहयोग गर्दै आएको छ भन्नुभयो ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले नेपालमा गत वर्ष सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीसहित साग सफल पार्न सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई नगदसहित सम्मान गरेको छ ।

सो अवसरमा राखेपका सदस्यसचिव सिलवालले बक्सिङतर्फ सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सुनिल शाहीलाई जनही रु ५१ हजार ५०० सहित सम्मान गर्नुभएको थियो ।

0 SHARES
सेयर गर्नुहोस्: