खेलकुद

रोनाल्डो लगातार चौंथो पटक लोकप्रिय खेलाडी

By Meropati
२०८३ कार्तिक ४, मङ्लबार
रोनाल्डो लगातार चौंथो पटक लोकप्रिय खेलाडी

लियोनल मेस्सीलाई पछि पार्दै पोर्चुगिलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विश्वको सर्वाधिक लोकप्रिय खेलाडी बनेका छन् । खेलकुद अनलाईन न्यूज पोर्टल इएसपीएनले सार्वजनिक गरेको विश्वका एक सय लोकप्रिय खेलाडीको सूचीमा इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर रोनाल्डो पहिलो स्थानमा रहेका थिए ।

Advertisement

यससँगै इएसपीएन वल्र्ड फेम–१०० को सूचीमा रोनाल्डो लगातार चौंथो पटक शीर्ष स्थानमा रहेन सफल भए । इएसपीएनको सूचीको दोस्रो स्थानमा अमेरिकन बास्केटबल खेलाडी लेबोर्न जेम्स र बार्सिलोनाका स्टार लियोनल मेस्सी तेस्रो स्थानमा छन् । सूचीको चौंथो स्थानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमार, पाँचौ स्थानमा युएएफसी फाइटर कोर्नर मेक ग्रिगोर, छैटौं स्थानमा टेनिसका रोजर फेडेरर, सातौंमा भारतीय क्रिकेटर विराट कोहली, आठौंमा टेनिसकै राफायल नाडाल, नवौंमा बास्केटबलका स्टेफेन कुरी र गल्फका टाइगर्स उड्स दशौँ स्थानमा छन् ।

सामाजिक संजालको फलोर्स, गुगल सर्चको फलोर्स लगायतका विभिन्न आधारमा ती खेलाडीहरु १०० भित्र अटाएका हुन् । जसका लागि इएसपीएनले ८ सय चर्चित खेलाडीलाई सर्वेक्षणको प्रारम्भिक सूचीमा राखेको थियो ।

0 SHARES
सेयर गर्नुहोस्: