खेलकुद

साफ च्याम्पियनसीपः चार पटकको विजेता भारतको शान्दार जीत

By Meropati
२०८३ कार्तिक ४, मङ्लबार
साफ च्याम्पियनसीपः चार पटकको विजेता भारतको शान्दार जीत

विराटनगर। चार पटकको विजेता भारत नेपालमा जारी साफ च्याम्पियनसीपको आफ्नो पहिलो खेलमा विजयी भएको छ । विराटनगरको सहिद रंगशालामा बुधबार सम्पन्न समुह बीको पहिलो खेलमा भारतले माल्दिभ्सलाई ६–० को फरारकिलो अन्तरले हराएको हो । भारतको जितमा सञ्जु यादवले २ तथा ग्रेसी दाङमेइ, स्विटी देवी, इन्दुमती र रतनबाला देवी एक एक गोल गरिन् ।

Advertisement

खेलको सुरुवातदेखी नै आक्रामक देखिएको भारतले खेलको ८औं मिनेटमा अग्रता लिएको छ । माल्दिभ्सका डिफेन्डरको गल्तीका फाइदा उठाउँदै भारतका ग्रेसी दाङमेइले सुन्दर गोल गरेकी थिइन् । त्यसको केहि मिनेटमै ग्रेसीलेनै दोस्रो गोल गर्ने राम्रो अबसर बनाएपनि सफल हुन सकेनन् । खेलको १३औं मिनेटमा भारतका डिफेन्डर स्विटी देवी नाङबामले दोस्रो गोल गरिन् । दाङमेइको क्रसमा पाएको पासलाई स्विटीले गोलमा परिणत गरेकी थिइन् । खेलको २२औं मिनेटमा इन्दुमती कथिरेशानले काउन्टरमा एक्लै बल अघि बढाउँदै भारतका लागि तेस्रो गोल गरिन् । २८औं मिनेटमा भारतका लागि सञ्जु यादवले चौंथो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा भारतले ५–० ले अग्रता लियो । डिएरिया बाहिरबाट रतनबाला देवीले प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा ५ गोल गरेको भारतले दोस्रो हाफमा १ गोल थप्यो । खेलको अन्तिम समयमा सञ्जुले व्यत्तिगत दोस्रो तथा भारतका लागि छैठौं गोल गर्यो । जितसँगै भारतले ३ अंक जोडेको छ ।

0 SHARES
सेयर गर्नुहोस्: