स्थानिय समाचार

कार्यसम्पादनमा तनहुँमा पहिलो बन्यो भानु, छैटौमा शुक्लागण्डकी

By Meropati
२०८३ कार्तिक ३, सोमवार
कार्यसम्पादनमा तनहुँमा पहिलो बन्यो भानु, छैटौमा शुक्लागण्डकी

दुलेगौंडा, २० असोज । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको भानु नगरपालिका जिल्लामै पहिलो भएको छ। म्याग्दे गाउँपालिका दोस्रो स्थानमा परेको छ ।

Advertisement

आयोगका १७ वटा सूचकका आधारमा गरिएको मूल्याङ्कनमा भानु नगरपालिकाले ६६.६१ अंक प्राप्त गरेको हो । म्याग्दे गाउँपालिकाले ६६.५४ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको हो । आँबुखैरेनी गाउँपालिका ६२.१० अंकसहित तेस्रो भएको छ ।

त्यस्तै ऋषिङ गाउँपालिका ५६.९५ अंकसहित चौथो र बन्दीपुर गाउँपालिका पाँचौँ स्थानमा रहेका छन्। शुक्लागण्डकी नगरपालिकाले ५४.५०अंकसहित छैटौ स्थानमा परेको छ । देवघाट गाउँपालिकाले ५३.७५, घिरिङ गाउँपालिकाले ५२.८७ र भिमाद नगरपालिकाले ५२.३४ अंक प्राप्त गरेका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये व्यास नगरपालिका ४५.३५ अंकसहित अन्तिम स्थानमा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा बजेट कार्यान्वयन, वित्तीय अनुशासन, सार्वजनिक स्रोत परिचालन तथा सेवा प्रवाहलगायतका विभिन्न पक्षलाई आधार बनाइएको छ ।
मूल्याङ्कनको नतिजाअनुसार तनहुँमा भानु नगरपालिका कार्यसम्पादनमा पहिलो हुँदा म्याग्दे गाउँपालिका दोस्रो र आँबुखैरेनी गाउँपालिका तेस्रो स्थानमा रहेका छन्। जिल्ला सदरमुकामसमेत रहेको व्यास नगरपालिका भने १० स्थानीय तहमध्ये अन्तिममा परेको छ ।

0 SHARES
सेयर गर्नुहोस्: