स्थानिय समाचार
दुलेगौंडा सांस्कृतिक महोत्सवमा आज कलाकार ज्योती मगर आउने

दुलेगौंडा, २० असोज । शुक्लगण्डकी युवा क्लब दुलेगौंडाको आयोजनामा जारी वडादशै विशेष दुलेगौंडा सांस्कृतिक महोत्सवमा आज कलाकार ज्योती मगरले आफ्नो प्रस्तुती राख्ने भएकी छिन् । मंगलवारै अर्का कलाकार श्याम रानाको प्रस्तुती पनि समावेश छ ।
दुलेगौंडाको हेल्थपोस्ट चोकमुनिको कसेरी खेल मैदानमा जारी महोत्सवमा आज मगरको प्रस्तुती रहने क्लव अध्यक्ष मिन बहादुर थापाले जानकारी दिए ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, लाइभ कन्सर्ट, स्थानीय कला तथा संस्कृतिको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, बाल उद्यान, रमाइलो मेला लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ । महोत्सव असोज २२ गतेसम्म चल्ने छ । महोत्सव अन्तर्गतरत क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता जारी छ ।






