मुख्य खबर
पहिरोपीडित मनबहादुर नेपालीको परिवारलाई राहत सामग्री वितरण

दुलेगौंडा, १९ असोज । दुलेगौंडा, १९ असोज । तनहुँको घिरिङ गाउँपालिका–३ ग्याझाका पहिरोपीडित मनबहादुर नेपालीको परिवारलाई राहत सामग्री वितरण गरिएको छ । भदौ ८ देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण नेपालीको घर पूर्णरूपमा पहिरोले क्षतिग्रस्त भएको थियो ।
पीडित परिवारलाई आइतवार घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापा र नेकपा एमाले घिरिङ गाउँ कमिटीको संयुक्त पहलमा राहत सामग्री वितरण गरिएको हो ।






