नेकपा एमाले ऋषिङ–५ द्धारा अग्रज कम्युनिस्टलाई सम्मान

दुलेगौंडा, १८ असोज । नेकपा (एमाले) ऋषिङ गाउँपालिका वडा नं. ५ वडा कमिटीले पार्टी निर्माण, संगठन विस्तार तथा जनताको पक्षमा निरन्तर योगदान पु¥याउनु भएका अग्रज कम्युनिष्टलाई सम्मान गरेको छ ।
दुईघरेमा शनिवार आयोजित कार्यक्रममा ७० वर्ष उमेर पार गर्नुभएका ज्येष्ठ कम्युनिष्ट नागरिक तथा विभिन्न निर्वाचनहरूमा पार्टीको तर्फबाट उम्मेदवार बनी योगदान पु¥याएकालाई सम्मानपत्र, खादा, दोसल्ला तथा ढाका टोपी प्रदान गरी सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य एवं घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, नेकपा (एमाले) तनहुँ जिल्ला अध्यक्ष हरि कँडेल, जिल्ला उपाध्यक्ष राजेश्वर ढकाल, जिल्ला कमिटी सदस्य विष्णुराम गिरी, ऋषिङ गाउँपालिका कमिटी अध्यक्ष हिरा सिंह थापा, उपाध्यक्ष भुवन बहादुर रानाभाट, घिरिङ गाउँपालिकाका उपाध्यक्ष विष्णुवीर राना लगायतले सम्मान गरेका हुन् ।
सो अवसरमा प्रदेश कमिटी सदस्य एवम् घिरिङ गाउँपालिका अध्यक्ष थापाले पार्टीको स्थापना, विस्तार र सुदृढीकरणमा अग्रज कम्युनिस्टहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरूको अनुभव, त्याग र संघर्ष वर्तमान पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताए । कार्यक्रममा सम्मानित व्यक्तित्वहरूप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि पार्टीलाई अझ सशक्त, संगठित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको एमोलेले जनाएको छ । वडा कमिटिका अध्यक्ष याम बहादर पाटाको अधयक्षतामा भएको कार्यक्रममा स्वागत कमिटिका उपाध्यक्ष राजेन्द्र नेपाली र सञ्चालन सचिव भिम शंकर ढकालले गरेका थिए ।






