भिमादमा माघको पहिलो साता सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने

दुलेगौंडा, २५ पुष । तनहुँको भिमादमा जिल्लामै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । बेष्ट ब्वाईज क्ल्वको आयोजनामा माघको पहिलो हप्ता सो प्रतियोगिता हुने विहिवार भिमादमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता माघ १ देखि ५ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा विजेता समुहले ३ लाख १ हजार ९९ द्वितीयले २ लाख १ सय ९९ र सान्त्वना हुने दुई समुहले ५०÷५० हजार रुपैया पाउने क्लव अध्यक्ष संसार अन्जान सुवेदीले जानकारी दिए । विधागत तर्फ उत्कृष्ट हुने खेलाडीले सर्वोत्कृष्ट २० हजार र उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही १० हजार सहित सम्मानित हुनेछन् । प्रतियोगितामा अन्तराष्ट्रीय स्तरका खेलाडीसहित ६ टीम सहभागि हुने उनले बताए । सुवेदीले यस प्रतियोगिता मिनि टाईगर कप भएको दाबी गरे । पोसाथै प्रतियोगिता अवधिवर दैनिक चर्चित कलाकारको प्रस्तुतीसमेत समावेश गरिएको छ । कलाकार समिक्षा अधिकारी, निश्चल दवाडी, प्रकाश दुतराज, आश्मा विश्वकर्मा, अर्जुन सापकोटा, बद्री पंगेनी, शान्ता रानी परियार र सविन राईको कन्सर्ट समावेश गरिएको छ । सो अवसरमा भिमाद नगर उद्योग वाणिज्य संघका अध्यक्ष चर्तुभुज सुवेदीले नगर उद्योग संघले गर्ने कार्य भिमादको क्लवले गर्न लागेकोमा खुसी व्यक्त गर्दै संघकोतर्फबाट हुने सबै सहयोग रहने उल्लेख गरे । भिमाद रंगशालामा सो प्रतियोगिता सञ्चालन हुने छ ।

प्रतियोगितामा नेपाल एपिएफ क्ल्व, काठमाडौं, गण्डकी प्रदेश भलिबल संघ, पोखरा, मणिमुकुन्द भलिबल, बुटवल, न्यू होराईजन स्र्पोट, घले हार्वेस्ट्रिङ अष्ट्रेलिया, गोर्खा र न्युटन कलेज काठमाडौं गरि कुल ६ समुह प्रतिष्पर्धामा भाग लिन आउने छन् । प्रतियोगिता सम्पन्न गर्न ७१ लाख रुपैया खर्च लाग्ने अनुमान छ । प्रायोजक र शुभचिन्तकबाट रकम संकलन गरि खर्च जुटाउने क्लव अध्यक्ष सुवेदीले बताए ।

Advertisment