शुक्लागण्डकीका फ्रेस हाउसमा अनुगमन

दुलेगौंडा, ११ मंसिर । शुक्लागण्डकी नगरपालिका पशु सेवा शाखाले नगरमा रहेको फ्रेस हाउस तथा माछा पसलमा शुक्रवार अनुगमन गरेको छ । अनुगमनका क्रममा कतिपय फ्रेस हाउसमा मुल्य सुचि नराखिएको, सरसफाई नभएको, दर्ता तथा नविकरण नभएको, तौल कम भएको पाइएको शाखाका प्राविधिक इश्वर रेग्मीले जानकारी दिए । उनका अनुसार कतिपय मासु पसलमा एकै स्थानमा सबै प्रकारका मासु राखिएको पाइएकाले सुधार गर्न निर्देशन दिइएको छ । दुलेगौंडा, बेलचौतारा, खैरेनीटार, सेरा लगायतका स्थानमा रहेका तीन दर्जन बढि प्रेस हाउस र माछा पसलमा अनुगमन गरिएको हो ।
अनुगमनमा सहभागी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका पशु चिकित्सक डा. रोशन ज्ञवालीले स्वच्छ मासु नभएमा विभिन्न किसिमा रोग मानिसमा सर्न सक्ने भएकाले सबैले सरसफाईमा ध्यान दिन आग्रह गरे । उनले नगरमा ३ दिनभित्र सुधारकोलागि निर्देशन दिएको बताउदै सुधार नभएमा जरिवना समेत गरिने उल्लेख गरे ।
अनुगमनमा शुक्लागण्डकी नगरपालिकाका विभिन्न शाखाका प्रमुख, व्यवसायी, पत्रकार, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।

Advertisment