महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई वृहत पोषण सम्बन्धी तालिम

दुलेगौंडा, २९ मंसिर । शुक्लागण्डकी नगरपालिकाका ६ वटा वडामा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई वृहत पोषण सम्बन्धी ३ दिने आधारभूत तालिम प्रदान गरिएको छ ।

शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको तालिममा वडा नं. २, ३, ४, ५, ६ र ७ नं. वडाका १९ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको सहभागिता रहेको थियो । उनीहरुलाई दुलेगौंडास्थित खैरेनीटार हेल्थ पोष्टमा तालिम प्रदान गरिएको हो । तालिममा विमला शर्मा वाग्ले र विन्दु कँुवरले सहजिकरण गरेका थिए ।

तालिममा स्वास्थ्य निती, पोषण सम्बन्धिका राष्ट्रिय रणनितीहरु, गर्भवती, सुत्केकरी, नवजात शिशु स्याहार, स्तनपान, थप आहार, खोप लगायतका विषयमा सहजिकरण गरिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । शाखाका सिनीयर अनमी लक्ष्मी सिग्देलका अनुसार पछिल्लो समयमा नगरमा कुपोषित बालबालिका पहिचान भएका छैनन् । वडा नं. ८, ९, १० र ११ का २० जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई बुधवारदेखि ढोरफिर्दीमा तालिम सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ । यसैगरी वडा नंं १ का लाई थप्रेक र १२ कालाई फिरफिरेमा तालिम सञ्चालन गरिने वडाले जनाएको छ । वडा नं. १ मा र १२ मा ९÷९ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरु छन् । नगरमा कुल ५७ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरु छन् ।

 

Advertisment