साना किसान कृषि सहकारी संस्था ढोरफिर्दीको वार्षिक साधारणसभा

दुलेगौंडा, १६ मंसिर । साना किसान कृषि सहकारी संस्था लिमिटेड शुक्लागण्डकी–८ ढोरफिर्दीको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोभिड १९ को सङ्क्रमणलाई मध्यनजर गर्दै सहकारीले मंसिर १० देखि १५ गतेसम्म विभिन्न अन्तरसमुहको आधारमा सुझाव संकलन गरेको थियो । सुझाव संकलन भने आगामी मंसिर १८ गतेसम्म पेश गर्न सकिने सहकारीका अध्यक्ष भोजराज शर्माले जानकारी दिए । उनका अनुसार सहकारीमा ११ अन्तरसमुह र २ सय ९० समुह रहेका छन् ।
वि.स. २०५२ सालमा स्थापित सहकारीमा कार्तिक मसान्तसम्म २ हजार ५ सय ३४ सदस्य आवद्ध छन् । सहकारीमा कुल शेयर पुँजी ६२ करोड ९० लाख ६५ हजार रुपैया छ भने ऋण लगानी ५० करोड ९८ लाख रुपैया छ ।

 

Advertisment