दुलेगौंडा, ९ मंसिर । स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गराई समुदाय स्तरमा महिला, बालवालिका, किशोरीहरुको पोषणको अवस्था सुधार गर्ने मुख्य लक्ष्यसहित शुक्लागण्डकीका स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ ।
शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको १ हप्ते कार्यक्रममको बुधवार प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानले उद्घाटन गरे । सो अवसरमा उनले पोषण गतिविधि संचालन गर्नका लागि कार्यक्रम फलदायि हुने विश्वास व्यक्त गरे । तालिममा स्वास्थ्य निती, पोषण सम्बन्धिका राष्ट्रिय रणनितीहरु, गर्भवती, सुत्केकरी, नवजात शिशु स्याहार, स्तनपान, थप आहार, खोप सम्बधिका बिषय वस्तु समेटिने छ । सरकारले लिएको पोषणसम्बन्धी नितिलाई स्थानीय तहमा कार्यान्वयन गर्न कार्यक्रमले सहयोग पु¥याउने स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तव, डा. प्रतिक्षा आले, डा. इला थापा, लक्ष्मी सिग्देल, अस्मिता सुवेदी लगायतले सहजिकरण गर्नेछन् । कार्यक्रममा शाखाका लक्ष्मी सिग्देलले स्वागत र सञ्चालन नवराज गौतमले गरेका थिए ।
पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रममा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २८ जनाको सहभागिता छ । बाँकी २६ जना स्वास्थ्यकर्मीलाई आगामी मंसिर १६ गतेबाट तालिम प्रदान गरिने छ । स्वास्थ्यकर्मीलाई सकिएपछि नगरमा रहेका ५७ जना महिाला स्वास्थ्य स्वयमसेवीलाई समेत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने शाखाले जनाएको छ । सो अवसरमा सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेल, लेखा शाखा प्रमुख कोपिला पौडेल लगायतको उपस्थिति रहेको थियो ।





