स्थानिय समाचार

जिपी अस्पताल परिसरसमा अनेरास्ववीयुद्धारा सरसफाई

By Meropati
२०८३ अशोज २, शुक्रबार
जिपी अस्पताल परिसरसमा अनेरास्ववीयुद्धारा सरसफाई

दुलेगौंडा, ८ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा अनेरास्ववीयु शुक्लागण्डकी नगर कमिटीले बुधवार सरसफाई गरेको छ ।
शुक्लागण्डकी–५ झरौटामा अवस्थित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र परिसरमा सरसफाई गरेको हो ।

अस्पताल परिसरमा रहेका फोहोर संकलन गरि व्यवस्थापन गरिएको कार्यक्रम संयोजक कञ्जन विकले जानकारी दिए । गएका महाधिवेशनमा भित्ते लेखन र अन्य परम्परागत विधिबाट प्रचारप्रसार हुदै आएको थियो । ‘परिवर्तित समयसँगै आउदो महाधिवेशनमा रचनात्मक प्रचारप्रसार गरिदै छ , अनेरास्ववीयु जिल्ला सदस्य विवेक वाग्लेले भने,’ ‘हाम्रो सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै अस्पताल परिसरमा सरसफाई गरिएको हो ।’ अनेरास्ववीयुमा आवद्ध १ दर्जन युवायुवतीको सक्रियतामा सरसफाई गरिएको हो । अनेरास्ववीयु जिल्ला कमिटीले पनि बुधवारै दमौली अस्पताल परिसरसरमा सरसफाई गरेको जिल्ला संयोजक नविन वाग्लेले जानकारी दिए ।

0 SHARES
सेयर गर्नुहोस्: