स्थानिय समाचार
अनेरास्ववीयुद्धारा कक्षा कोठामा भित्ते घडी जडान

दुलेगौंडा, २ मंसिर । नेकपा एमालेको भातृ संगठन अनेरास्वीयुले शुक्लागण्डकी–५ बेलचौतारामा अवस्थित भानुभक्त बहुमुखी क्याम्पसका कक्षा कोठामा भित्ते घडी राखेको छ । प्रशासन र कक्षा कोठा गरि १५ स्थानमा घडि राखिएको अनेरास्ववीयुले जनाएको छ ।
विद्यार्थी र प्राध्यापकलाई समय हेर्न सहजता होस भनेर कमिटीका सदस्यहरुबाट संकलन गरिएको रकमले भित्ते घडी जडान गरिएको क्याम्पस कमिटी अध्यक्ष सुरेश पौडेलले जानकारी दिए । साथै अनेरास्ववीयुको पहलमा एक महिना भित्र क्याम्पसले सेनेटरी प्याड र खाने तातोपानीको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएको पौडेलले बताए ।






