स्थानिय समाचार
जर्मन नागरिकद्धारा शिवालय आमा समुहलाई ५५ हजार सहयोग

दुलेगौंडा, २४ कार्तीक । जर्मनका नागरिक कार्ल्ज हेइन्जले शुक्लागण्डकी–३ वनकेवामा अवस्थित शिवालय आमा समुहलाइ आर्थिक सहयोग गरेका छन् ।
आमा समुहको अगुवामा निर्माणाधिन शिव–मन्दिरकोलागि उनले बुधवार ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका हुन् । सो अवसरमा वडा नं. ३ का अध्यक्ष राम कुमार श्रेष्ठले सहयोगप्रति आभार व्यक्त गरे । उनले मन्दिर निर्माणकोलागि वडाबाट समेत सहयोग भएको उल्लेख गरे ।
रकम ग्रहण गर्दै आमा समुहकी अध्यक्ष द्रोपति श्रेष्ठले सबैको सहयोगले मन्दिर निर्माणको कामले गति लिएको बताईन् । सहयोग रकम जुटाउनकोलागि स्थानीय समेत रहेका पथ प्रदशक राज कुमार श्रेष्ठले सहजिकरण गरेका थिए । जर्मनमा सरकारी सेवाबाट निवृत्त हेइन्जले मन्दिर निर्माण, भुकम्प प्रभावि लगायतलाई विभिन्न स्थानमा सहयोग गर्दै आएको पथप्रदर्शक श्रेष्ठले जानकारी दिए ।





