मुख्य खबर

लायन्स क्लब अफ काठमाडौँ समर्पणले रविभवनमा ‘जे एण्ड जे कोभिड केयर सेन्टर’ स्थापना गरेर निःशुल्क उपचार थालियो

By Meropati
२०८३ कार्तिक ३, सोमवार
लायन्स क्लब अफ काठमाडौँ समर्पणले रविभवनमा ‘जे एण्ड जे कोभिड केयर सेन्टर’ स्थापना गरेर निःशुल्क उपचार थालियो
काठमाडौँ, ३ जेठ \ कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारका लागि लायन्स क्लब अफ काठमाडौँ समर्पणले रविभवनमा ‘जे एण्ड जे कोभिड केयर सेन्टर’ स्थापना गरेर निःशुल्क उपचार थालिएको छ ।
क्लबका पूर्व अध्यक्ष सञ्जय सिङ्घानीया, नेपाल सशस्त्र प्रहरी अस्पतालका डाक्टर रोशनकुमार झासहितको टोलीले सो सेवा प्रदान गर्नुभएको हो । सेन्टरले कोभिड विरामीको रगत परीक्षणको आधारमा बिरामीको अवस्था हेरेर औषधि दिने वा अस्पतालमा भर्ना गर्ने काम गर्दै आएको छ । अस्पताल भर्ना हुनुपर्ने बिरामीका लागि नेपाल–भारत मैत्री अस्पताल चावहिलमा अक्सिजनसहित १५ शय्याको आइसोलेसन सेन्टर रहेको क्लबका सदस्य विवेक शर्माले जानकारी दिनुभयो ।
त्यहाँ चिकित्सकसहितको सुविधा उपलब्ध छ । सेन्टरमा दैनिक ५० देखि ८० कोरोना सङ्क्रमित बिरामीले सेवा लिइरहेका छन् । क्लबले गतवर्ष कोरोनाको समयमा अक्सिजन बैँक स्थापना बिरामीलाई निःशुल्क वितरण गरेको थियो । —

Advertisement
0 SHARES
सेयर गर्नुहोस्: