देश

सार्वजनिक यातायातमा सिटभरि मात्र यात्रु राख्न पाइने, मास्क अनिवार्य

By Meropati
२०८३ अशोज ३, शनिबार
सार्वजनिक यातायातमा सिटभरि मात्र यात्रु राख्न पाइने, मास्क अनिवार्य

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथामका लागि आदेश जारी गरेको छ, जसमा सार्वजनिक यातायातमा मास्क अनिर्वाय गरिएको छ ।

सञ्चार तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मास्क नलगाएका व्यक्तिलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने र बस चालक तथा सहचालकले त्यस्ता यात्रुसँग बढीमा १० रुपैयाँ लिएर मास्क बेच्न सक्ने निर्णय गरिएको बताए ।

लामो दूरीका सवारीले सुरु गन्तव्यबाट अन्तिम गन्तव्यसम्म जाँदा बीच भागका यात्रु चढाउन नपाउने र यात्रुको विवरण जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा दिनुपर्ने व्यवस्था गरिएको छ । सवारी साधनलाई हरेक दिन निसंक्रमण गर्नुपर्ने नियम पनि बनाइएको छ ।

0 SHARES
सेयर गर्नुहोस्: