भिडियो खबर

मेलीना राईको स्वरमा “धड्किरहन्छ मुटुभरी” सार्वजनिक

By Meropati
२०८३ कार्तिक २, आइतवार
मेलीना राईको स्वरमा “धड्किरहन्छ मुटुभरी” सार्वजनिक

काठमाडौँ। पछिल्लो समयकि चर्चित तथा ब्यस्त गायीका मेलीना राईको स्वरमा सजिएको “धड्किरहन्छ मुटुभरी” बोलको गीतसंगै भिडियो सार्वजनिक भएको छ ।
गीतमा साहित्यकार कवि एबम पुर्ब सहरी मन्त्रालयका पुर्ब सचिव दिपेन्द्रनाथ सर्मा ज्युको सब्द कन्काइष्ट राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ ।
मर्मस्पशि शैलिको यस गीतको भिडियोमा नायिका वर्षा राउत र मोडल कुङसाङ बम्जनको अभिनय रहेको छ । त्यसैगरि भिडियोको छायाँकनमा बुद्व थापा सम्पादनमा बिकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन ।
भिडियोमा जातिय माया प्रेम र्दशाइएको छ । एउटा दलित केटाले खान्दानी केटीलाई घृण्ती समाजबाट विवाह गरेर भगाएर लगेको देख्न सकिन्छ । एक अर्काले आफ्नो माया पाउन संघर्ष गरे आफ्नो छुटै संसार बानाएका छन् । अझै पनि नेपाली समाजमा अन्तर जातिय मायाको विरोधीहरु प्रस्तै भेटिन्छन् ।
युवापुस्ताको प्रेमभावलाई प्रस्तुत गरेर तयार गरिएको गीतको भिडियोलाइ यस गीतका संगीतकार कन्काइष्ट राईको अफिसियल च्यानलमा अबलोड गरिएको छ ।

Advertisement

0 SHARES
सेयर गर्नुहोस्: