खबर

रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवारद्वारा न्याय नपाए अन्दोलनको चेतावनी

By Meropati
२०८३ अशोज ४, आइतवार
रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवारद्वारा न्याय नपाए अन्दोलनको चेतावनी

काठमाडौँ, १८ पुस । रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवार तथा आफन्तहरुले सरकारसंग निष्पक्ष छानबिनसहित न्यायको माग गरेका छन् । आज शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी पिडित परिवार र उनका आफन्तहरुले न्याय नपाए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । हत्याकाण्डको नौ महिना बितीसक्दा पनि पिडित परिवारले न्याय नपाएको भन्दै सरकारसंग पुनः निष्पक्ष छानबिन र न्यायको माग गरेका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोक चन्द विश्वास विकले उक्त मानवता विरुद्व अपराध भएको बताए । उनले भने, ‘जनप्रतिनिधिको संलग्नतामा यो घटना घटेको थियो । कानुन बमोजिम दण्ड दिनुपर्छ ।’ उक्त घटना जातिय विवादले गर्दा घटेको बताऐ । घटना चानचुने नरहेको उनले बताए । उनले भने,न्याय कहाँ छ? के यो देशमा न्याय मरेकै हो त? न्यान सबैलाई एक समान हुनु पर्छ भन्दै उनले आक्रोश पोख ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले पिडित जनताको साझाँ थलो रिपोर्टर्स क्लब रहेको बताए ।
त्यसैगरी कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रीपाठीले रुकुम घटना सभ्यता र लोकतन्त्रमाथि प्रहार भएको बताए ।

नवराज विकका बावु मोहनलाल विकले केटीको आमा लक्ष्मी मल्ल एक लाख धरौटीमा छुटेको र अन्य दोषी पनि सामान्य तरिकाले छुटेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘यो कस्तो न्याय हो । सर्वोच्चबाट न्याय पाउने आशा गरेका छौँ ।‘

गोविन्द शाहीकी आमा देवी शाहले राज्यले न्याय नदिएको भन्दै असन्तुष्टि पोखिन् । उनले भनिन्,‘हामी न्याय पाउन काठमाडौँ आएका हौँ । न्याय नपाए र दोषीलाई कारवाही नभए हामी आन्दोलन गर्नेछौँ । ’ प्रहरी प्रशासनको कमजोरीका कारण शव ढिला पाएको उनले बताइन् । उनले भनिन्, ‘हामी पार्टी र नेतालाई चिन्दैनौँ ।’
सन्जिब विककी आमा सीता विकले कहाँ छ कानुन भन्दै प्रश्न औँल्याइन् । उनले भनिन्,‘हामी बाहुन क्षेत्री वा अन्य जात भएको भए न्याय पाउने थियौँ । तर, दलित भएको कारण न्याय पाएका छैनौँ । हामीले न्याय पाउँदैनौँ त?’

लक्ष्मी सुनुवारले हत्या काण्डको दोषी कारवाही गर्नेमाग गरिन् र मुख्य दोषीलाई केटीलाई बालबालिका भनेर छोडेको बताइन् । ह

0 SHARES
सेयर गर्नुहोस्: