पार्टीलाई विभाजनको डिलमा पुरयाएको संगीन आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन असथर्म रहेको प्रम ओलीको स्थायी समितिलाई पत्र

नेकपा पार्टी कार्यालय धुम्वाराहीमा आज बसेको स्थायी समितिको बैठकमा अनुपस्थित हुनुभएका प्रधानमन्त्री ओलीले स्थायी समितिका प्रिय कमरेडहरु संवोधन गरी एक पत्र पठाउँदै परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचिमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैभरि रहँदै आएको छ र भविष्यमा पनि रहने कुरा समेत स्पष्ट पार्न चाहन्छु भन्नुभएको छ ।

काठमाडौँ, २१ मङ्सिर । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुरयाएको संगीन आरोप पत्रका बारेमा हुने छलफलमा सहभागी हुन असथर्म रहेको बताउनुभएको छ । नेकपा पार्टी कार्यालय धुम्वाराहीमा आज बसेको स्थायी समितिको बैठकमा अनुपस्थित हुनुभएका प्रधानमन्त्री ओलीले स्थायी समितिका प्रिय कमरेडहरु संवोधन गरी एक पत्र पठाउँदै परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचिमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैभरि रहँदै आएको छ र भविष्यमा पनि रहने कुरा समेत स्पष्ट पार्न चाहन्छु भन्नुभएको छ ।

स्थायी समितिको आज भएको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समितिमा पार्टीको आन्तरिक समस्याबारे छलफल भएको पत्रकारहरुलाई जानकारी गराउनुभयो । उहाँले बैठकमा नआएपनि प्रधानमन्त्री ओलीले स्थायी समितिलाई सम्बोधन गरेर पत्र पठाएको बताउनभुयो । सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत आएको सो पत्रमा प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने यसअघिको ओलीको धारणा दोहोरयाइएको थियो । ।

वैठकमा प्रस्तुत प्रस्ताव अध्ययनका लागि एक हप्ताको अवधि तोकिएको छ । स्थायी समितिको आगामी बैठक २८ गतेका लागि तोकिएको छ । यसअघि नै तय भएको मंसिर २५ को केन्द्रीय समिति बैठक पुस ५ गतेलाई सारिएको श्रेष्ठले बताउनुभयो । बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीििभत्र जारी विवादका विषयमा केन्द्रीत रहेर भनाई राख्नुभएको बुझिएको छ ।

चिठीको पूर्ण विवरण यस प्रकार छ ।

Advertisment