खबर

अश्लिल भिडियोलगायतका सामग्री बनाउने विद्युतीय अपराध बढ्यो : सचेत हुन प्रहरीको अनुरोध

By Meropati
२०८३ कार्तिक २, आइतवार
अश्लिल भिडियोलगायतका सामग्री बनाउने विद्युतीय अपराध बढ्यो : सचेत हुन प्रहरीको अनुरोध

काठमाडौँ, १८ मङ्सिर । नेपाल प्रहरीको साइबर ब्युरोले कानूनविपरीत हुने अश्लिल भिडियोलगायतका सामग्री बनाउने, प्रसारण गर्ने गरेका घटना बढ्न थालेको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ ।

Advertisement

इन्टरनेट तथा विद्युतीय उपरकरणको दुरुपयोग गरी समाजिक सञ्जालमा अशोभनीय, अमार्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लिल तस्बिर, श्रव्यदृष्य प्रशारण गरी विद्युतीय कारोवार ऐन, २०६३ विपरीत हुने कार्य देखिएको भन्दै ब्युरोले सूचना जारी गरी सावधानी अपनाउन अनुरोध गरेको छ ।

ब्युरोले हाल प्राप्त सूचना, उजुरीमाथि कतिपय घटनामा कारवाहीसमेत गरिएको र कतिपय अनुसन्धानका क्रममा रहेको जनाएको छ । अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने सन्दर्भमा सही निकाय र माध्यमको छनोट नगरी पुनःतिनै भिडियो एवं सामग्रीलाई प्रदर्शन गर्दा पीडितलाई झन पीडा थपिने र गोपनीयता संरक्षणका कानूनी प्रावधानविपरीत हुने भन्दै ब्युरोले त्यस्ता गतिविधि नगर्न पनि सचेत गराएको छ ।

त्यस्ता कार्य भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा सम्पर्क गरी जानकारी दिनसमेत भनिएको छ । वैदेशिक रोजगारीमा जानेले कल्याणकारी कोष तथा म्यादी जीवन बीमाको रकम अनलाइनमार्फत भुक्तानी गर्न पाउने

0 SHARES
सेयर गर्नुहोस्: