खबर

प्रधानमन्त्री ओली अनुपस्थित भएपछि नेकपाको सचिवालय बैठक केही बेर बसेर स्थगित

By Meropati
२०८३ अशोज ३, शनिबार
प्रधानमन्त्री ओली अनुपस्थित भएपछि नेकपाको सचिवालय बैठक केही बेर बसेर स्थगित

काठमाडौँ, १७ मङ्सिर । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित भएपछि नेकपाको सचिवालय बैठक केही बेर बसेर स्थगित भएको छ। अर्को बैठक मङ्सिर २० गते वस्ने भएको छ ।

बालुवाटारमा भएको सो बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अनुपस्थित भएपछि केही बेर बसेर बैठक स्थगित भएको र अर्को बैठक यही मङ्सिर २० गतेका लागि तोकिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आज एक बजेको लागि तोकिएको बैठक एक घण्टा पर धकेलिएपनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री अनुपस्थित हुनुभएको हो ।

यसअघि हिजोको बैठकमा पार्टीका दुबै अध्यक्षका तर्फबाट प्रस्तुत भएको प्रस्तावमा छलफल हुन नसकेर बाझाबाझ भएपछि पार्टी अध्यक्ष एवं प्रम ओलीले यस्तो बैठकको के अर्थ भन्दै आफू नआउने जनाउ दिनुभएको थियो । यसले गर्दा १८ गते भनिएको स्थायी समिति बैठक पनि प्रभावित भएको छ ।

0 SHARES
सेयर गर्नुहोस्: