देश

राष्ट्रिय परीक्षा वोर्डले एक महिनामै कक्षा १२ को नतिजा निकाल्ने तयारी

By Meropati
२०८३ कार्तिक २, आइतवार
राष्ट्रिय परीक्षा वोर्डले एक महिनामै कक्षा १२ को नतिजा निकाल्ने तयारी


काठमाडाँैं, १७ मङ्सिर । राष्ट्रिय परीक्षा वोर्डले एक महिनाभित्रै कक्षा १२ को नतीजा निकाल्ने भएको छ ।

Advertisement

शैक्षिक सत्र प्रभावित नहुने गरी वोर्डले परीक्षा सकिएलगत्तै महिनादिनभित्रै नतिजा निकाल्ने जनाएको हो । बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले कक्षा १२ का विद्यार्थीको रिजल्ट महिनादिनभित्रै निकाल्ने तयारी गरिएको र त्यसले विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको मार्ग प्रशस्त गर्न सहज हुने बताउनुभयो ।

त्यसको लागि परीक्षा वोर्डले एक साताभित्र उत्तरपुस्तिका परीक्षण गर्ने तयारी गरेको र देशभरका विद्यालयबीच समन्वय पनि गरीरहेको बताइएको छ । विद्यालयका विषयगत शिक्षकले नै उत्तरपुस्तिका जाँच्ने भएकाले एकसातामा नै जाँच्ने काम सकिने अनुमान गरिएको छ । विद्यालयले कपी जाँचेर पठाईदिएपछि तीनसाताभित्र प्राप्ताङक चढाएर प्रकाशन गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

मङ्सिर ९ गते शुरु भएको कक्षा १२ का विद्यार्थीको वार्षिक परीक्षा हिजो सकिएको थियो जसमा चार लाख बढी विद्यार्थी भौतिक रुपमै उपस्थित भएका थिए ।

यसपटक डेढ घण्टा परीक्षा समय तोकिएको थियो । यसचोटि कक्षा १२ को परीक्षामा विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन जोडिने र कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने भएको छ ।

0 SHARES
सेयर गर्नुहोस्: