खबर

प्रचण्डको नयाँ राजनीतिक विश्लेषण प्रकाशन

By Meropati
२०८३ कार्तिक २, आइतवार
प्रचण्डको नयाँ राजनीतिक विश्लेषण प्रकाशन

काठमाडौँ,। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वि.सं. २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिनुभएको अन्तर्वार्ताहरुको सङ्ग्रह “नयाँ राजनीतिक विश्लेषण” पुस्तक सार्वजनिक भएको छ ।

Advertisement

सञ्चारमाध्यममा प्रकाशित अन्तर्वार्ताहरुको संगालो प्रस्तुत पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुभ्mन मद्दत गर्नेछ ।
आफूलाई लागेका कुरा खुलस्त ढङ्गले राख्ने राजनीतिज्ञका रूपमा पनि अध्यक्ष प्रचण्ड परिचित हुनुहुन्छ । मिडियाकर्मीको रचनात्मक आलोचनाको सदैव प्रशंसा र सम्मान गर्नुहुन्छ ।

पुस्तकमा विस्तृत शान्ति सम्झौताको जगमा अन्तरिम संविधानदेखि संविधान सभासम्म, राजतन्त्रको अन्त्यदेखि गणतन्त्रको स्थापनासम्म, हतियार व्यवस्थापनदेखि सेना समायोजनसम्म, संविधान सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका अध्यक्ष प्रचण्डका अन्तर्वार्ताहरुको सँगालो राजनीति शास्त्रका विद्यार्थी, नेपाली समाज र राजनीतिमा अनुसन्धान गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता र नेपाली राजनीतिका बारेमा चासो राख्ने सबैका लागि उपयोगी हुने विश्वास लिइएको छ ।

प्रस्तुत पुस्तकमा ४०८ पृष्ठ रहेका छन् भने यसको मूल्य रु. ५५० रहेको छ । पुस्तक राजधानी काठमाडौं लगायत देशका विभिन्न सहरहरुका पुस्तक पसलहरुमा उपलब्ध हुने यसको प्रकाशन प्रज्ञा स्मृति प्रतिष्ठान नेपालले जनाएको छ ।

0 SHARES
सेयर गर्नुहोस्: