खबर

गौरव पहारी अभिनित ‘गल्ती’ सार्वजनिक ( भिडियो )

By Meropati
२०८३ कार्तिक २, आइतवार
गौरव पहारी अभिनित ‘गल्ती’ सार्वजनिक ( भिडियो )

Advertisement

काठमाडौँ, ९ मंसिर । गायक अनुप गुरुङको ‘गल्ती’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  पप भर्सनको यस गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक अनुप गुरुङको रहेको छ।   गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन रहेको छ।

प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा गौरव पहारीको साथमा सैयारा लामा फिचर्ड छन्।  भिडियोमा आरजे गुरुङले छायांकन रहेको छ।  राम आईडु  सहायक निर्देशक रहेको यस भिडियोलाई बाल  कुमार मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो।  ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो।  यसअघि गायक गुरुङले ‘जुनी यो संगै’ , ‘आँखाको नानी’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्।  हाल  हंगकंगमा रहेका गायक गुरुङले यस  म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पुर्ण दर्शक ,सोर्ता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।   LINK : https://youtu.be/kGJ1_33YrcU

0 SHARES
सेयर गर्नुहोस्: