देश

गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा. जगदीशचन्द्रद्धारा पदबाट राजीनामा

By Meropati
२०८३ कार्तिक २, आइतवार
गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा. जगदीशचन्द्रद्धारा पदबाट राजीनामा

 

Advertisement

काठमाडौँ, २९ कात्तिक । गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा. जगदीशचन्द्र पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा शहरी विकास विज्ञ ट्रस्टीका सदस्य डा. पोखरेलले आफ्नो अन्तस्करणले सो पदमा रहन अनुपयुक्त बोध गरेकाले राजीनामा दिएको बताउनु भएको छ ।

मेरो ‘कन्साइन्स’ले पदमा बस्न दिएन डा.पोखरेलद्वारा जारी विज्ञप्तिमा भन्नुभएको छ ।

डा. पोखरेलले बोर्डको सल्लाहअनुसार काम हुन नसक्नु, बोर्डको औचित्य तथा गरिमाको ख्याल नहुनजस्ता घटनाले गलत कार्यको साक्षी मात्र बस्न पदमा रहन उपयुक्त नदेखेको स्पष्ट गर्नुभएको छ ।

तनहुँ निवासी डा. पोखरेलले विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङलाई पत्र लेख्दै सो पदबाट राजीनामा दिए पनि आफ्नो प्रदेश तथा विश्वविद्यालयको विकासमा सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

0 SHARES
सेयर गर्नुहोस्: