देश

तिम्रो शहर, विरानो देश पछि पत्रकार अमरराज नहर्कीको ‘लाखौं तारा आकाशैमा’ गीत बजारमा

By Meropati
२०८३ कार्तिक २, आइतवार
तिम्रो शहर, विरानो देश पछि पत्रकार अमरराज नहर्कीको ‘लाखौं तारा आकाशैमा’ गीत बजारमा

तनहुँ, १७ भदौँ । पत्रकारितालाई हतारिएको साहित्य पनि भनिन्छ । भाषासाहित्यमा रुचि राख्नेहरुलाई पत्रकारिताको शब्दसंसार सहज हुन्छ । हतारमा काम गर्ने पत्रकारिता पेशामा रहँदा कहिलेकाँही बचेखुचेको फुसर्दिलो समयलाई उपयोग गर्दे पत्रकार अमरराज नहर्की केही समययता गीत लेख्ने र त्यसलाई म्युजिक भिडियो मार्फत प्रस्तुत गर्न सक्रिय हुनुभएको छ ।

Advertisement
गीतकार अमरराज नहर्की

पत्रकारिता पेशाका सिलसिलामा देखे, भोगे र सुनेका अनुभूतिका सन्दर्भलाई गीतका शब्दमार्फत ढालेर उहाँ म्यूजिक भिडियोमा प्रस्तुत गर्न सफल पनि हुनुभएको छ । त्यसैको पछिल्लो कडीको रुपमा गीत र साहित्य लेखनमा रुचि राख्ने तनहुँका सक्रिय युवा पत्रकार अमरराज नहर्कीले लेख्नुभएको ‘लाखौं तारा आकाशैमा’ बोलको गीत युटुबबाट बजारमा आएको छ । नहर्की नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष एवं गोर्खापत्र दैनिकका समाचारदाता हुनुहुन्छ । साथै डुम्रेस्थित रेडियो बन्दीपुरको स्टेशन म्यानेजर हुनुहुन्छ । यो गीतलाई हाईलाईटस् नेपालले बजारमा ल्याएको हो । गत भदौ ३ गते पत्रकार नहर्कीले बैदेशिक रोजगारीको पीडामा आधारित गीत ‘विरानो देश’ पनि बजारमा ल्याउनु भएको थियो ।

‘लाखौं तारा आकाशैमा’ बोलको गीतमा स्वर तथा सङ्गीत गायक नवराज थापाको रहेको छ । गीतमा गायक थापा र आरती शर्माले अभिनय गर्नु भएको छ । आरतीले यसै गीतबाट मोडलिङ्मा प्रवेश गर्नु भएको हो । गीतमा महेश वाग्लेले ड्रोन र क्यामराबाट छायाङ्कन गर्नु भएको छ । यस गीतमा मोडलको रुपमा चर्चामा रहनु भएका सुदिप पौडेलले पहिलो पटक निर्देशन गर्नु भएको छ । पत्रकार नहर्कीले लेखेका धेरै गीतहरु भावुक खालका रहेका छन् । यो गीत भने युवतीको सौन्दर्यता वर्णनमा केन्द्रित छ ।

‘लाखौं तारा आकाशैमा तर तिमी हौ जून
स्वभावमा पनि तिमी नम्बरी सून ……..।’

पत्रकार नहर्कीले लेख्नु भएको राज सिग्देलको आवाज र सुदिप सेढाईको सङ्गीत रहेको ‘तिम्रो सहर’ नामक गीत नौ महिना अघि बजारमा आएको थियो । “ दुःखी छु, प्राण भन्दा प्यारो लाग्छ राना गाउँ हाम्रो” लगायतका गीतका पनि म्यूजिक भिडियो आईसकेको छ । ।

गायक नवराज थापा र गीतकार अमरराज नहर्की

“देशमा कोरोना भाईरसको सङ्क्रमण पैmलिरहेकोले घरमै धेरै समय वितिरहेकोले गीत लेखनलाई बढी समय दिन सकिएको छ”, पत्रकार नहर्की भन्नुहुन्छ । गीत लेखनको लागि माग आईरहेको र अब चाँडै नै लोकगीत पनि बजारमा ल्याउने तयारी भईरहेको गीतकार नहर्कीले बताउनु भयो ।

0 SHARES
सेयर गर्नुहोस्: