खेलकुद

एसियन गेम्स्का पदक विजेता विमला तामाङ एनआरएन टोलीमा

By Meropati
२०८३ कार्तिक ३, सोमवार
एसियन गेम्स्का पदक विजेता विमला तामाङ एनआरएन टोलीमा

आसन्न आठौं राष्ट्रिय खेलकुदमा गैर आवसीय नेपाली संघ एनआरएनले विभिन्न नौ खेलमा सहभागीता जनाउने भएको छ । एनआरएनले आज पत्रकार सम्मेलन गर्दै आठौं राष्ट्रिय खेलकुदमा ९ खेलबाट २४ खेलाडीले सहभागिता जनाउने जानकारी दिएको हो ।

Advertisement

कराते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिङमा टोलीले प्रतिस्पर्धा गर्ने एनआरएन अध्यक्ष भवन भट्टले बताए । एनआरएन टोलीमा अमेरिका, युएई, मलेसिया, अष्ट्रेलिया, मकाउ, जापान र हङकङ गरी ७ राष्ट्रका गैर आवासीय नेपाली खेलाडीहरुले सहभागीता जनाउने छन् । सन् २०१४ मा भएको एसियन गेम्स्मा नेपालका लागि एक मात्र काँस्य पदक जित्न सफल कराँते खेलाडी विमला तामाङपनि एनआरएनको टोलीमा रहेकी छिन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्य–सचिव केशवकुमार विष्ट र एनआरएनएका अध्यक्ष भवन भट्टबीच आठौंमा एनआरएन खेलाडीको सहभागिताका लागि फागुनमा सम्झौता भए अनुसार पहिलो पटक राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीले सहभागिता जनाउन लागेको हो । आठौं राष्ट्रिय खेलकुद चैत अन्तिम साताबाट हुने बताईए पनि राखेपले केहि दिनमा आधिकारीक मिति घोषणा गर्ने जनाएको छ ।

0 SHARES
सेयर गर्नुहोस्: