खबर

‘सरकार सबै खालको स्वतन्त्रता हनन गर्ने कार्यमा सक्रिय’

By Meropati
२०८३ अशोज ४, आइतवार
‘सरकार सबै खालको स्वतन्त्रता हनन गर्ने कार्यमा सक्रिय’

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सबै खालको स्वतन्त्रता हनन गर्ने कार्यमा सक्रिय रहेको बताउनु भएको छ ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले चाँगुनारायण नगरपालिका वडा नं. ८ जितपुर सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृति सभामा उहाँले प्रजातान्त्रिक अधिकार माथि हस्तक्षेप गर्ने कार्य नेपाली काँग्रेसलाई स्वीकार्य नहुने बताउनु भयो । सरकारले प्रेस माथि पनि बिभिन्न बाहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै काँग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने बताउनुभयो ।

प्रजातन्त्र ल्याउने पटक पटकको आन्दोलनमा सक्रिय सहभागि रहनु भएका पण्डितको गत २०७४ फागुन १ गते निधन भएको थियो ।

0 SHARES
सेयर गर्नुहोस्: