विदेश

प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न उत्तर काेरिया सहमत

By Meropati
२०८३ अशोज ३, शनिबार
प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न उत्तर काेरिया सहमत

उत्तर कोरियाका नेता किम जोङ उन प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सहमत भएका छन् । नेता किमले अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोले आफूले त्यसलाई स्वागत गर्ने बताउनुभयो ।
कोरियाली युद्धका कारण एकअर्काका विरोधी देखिएका उत्तर कोरिया र अमेरिकाबीच रहेको विगतको तिक्ततापूर्ण कुटनीतिक सम्बन्धलाई सामान्यीकरण गर्न कोरियाली नेताको यो प्रारम्भिक कदम हो ।
हनोई सम्मेलनको दोस्रो दिन जारी वार्ताकै क्रममा नेता किमले पत्रकारहरुसँग कुरा गर्दै यो कदम निकै स्वागतयोग्य रहेको बताएका छन् ।
उत्तर कोरियाली नेताको प्रस्तावप्रति राष्ट्रपति ट्रम्पले भन्नुभयो, किमले अगाडि सारेको यो प्रस्ताव निकै महत्वपूर्ण कुरा हो । आठ महिनापछि भएको राष्ट्रपति ट्रम्प र नेता किमबीचको दोस्रो शिखर बैठक भियतनामको हनोईमा जारी छ । विशेषज्ञहरुले यस पटकको वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा ठोस सहमति हुने अपेक्षा गरेका छन् ।
हनोईमा औपचारिक वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले आफू अहिल्यै कुनै सम्झौतामा पुग्न हतार नगर्ने स्पष्ट गर्नुभयो । उहाँले उत्तर कोरियाले क्षेप्यास्त्र र आणविक परीक्षणलाई निरन्तरता दिँदासम्म आफूलाई कुनै सम्झौता गर्न हतार नरहेको बताउनुभयो ।

0 SHARES
सेयर गर्नुहोस्: