खबर

धनगढीबाट पनि श्रम स्वीकृति दिन शुरु

By Meropati
२०८३ अशोज ३, शनिबार
धनगढीबाट पनि श्रम स्वीकृति दिन शुरु

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति दिन शुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले धनगढी स्थित कार्यालयबाट मलेसिया जान लागेका गोर्खबहादुर खवासलाई पुनः श्रम स्वीकृति प्रदान गर्दै सेवा शुरु गरेका हुन् ।

यसअघि प्रदेश–२ को जनकपुर, प्रदेश ५ को बुटवल, प्रदेश ४ को पोखरा र कर्णाली प्रदेशको सुर्खेतबाट सेवा सुरु भइसकेको छ । प्रदेश कार्यालयहरुबाट पहिलो चरणमा पुनः श्रम स्वीकृतिको काम शुरु भएको हो।

0 SHARES
सेयर गर्नुहोस्: