खबर

नेविसंघ विवाद समाधान गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

By Meropati
२०८३ अशोज ४, आइतवार
नेविसंघ विवाद समाधान गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक राजनीति विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

काङ्ग्रेसको भ्रातृ संस्था नेविसङ्घ केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ। काङ्ग्रेसमा नेविसङ्घको नयाँ तदर्थ केन्द्रीय समिति बनाउने वा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मेवारी दिने भन्ने बिबाद छ । गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई महासमिति बैठकबाट प्राप्त सुझावलाई मध्यनजर राखी केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको थियो ।

महासमितिमा केन्द्रीय सदस्य पार्टीका स्थानीय तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटकमात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो। केन्द्रीय समिति बैठकको तयारी र नेविसङ्घबारे गत बुधबार सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्नुभएको थियो ।

0 SHARES
सेयर गर्नुहोस्: