मुख्य खबर

दुलेगौंडा महोत्सव आज समापन गर्न जिल्ला प्रशासनको पत्र, आयोजक भन्छः आजलाई तयारी छैन

By Meropati
२०८३ कार्तिक १, शनिबार
दुलेगौंडा महोत्सव आज समापन गर्न जिल्ला प्रशासनको पत्र, आयोजक भन्छः आजलाई तयारी छैन

दुलेगौंडा, २३ असोज । शुक्लगण्डकी युवा क्लवले आयोजना गरेको दुलेगौंडा वडादशै साँस्कृतिक मेला आज समापन गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले पत्राचार गरेको छ । असोज २१ शुक्लागण्डकी नगरपालिकालाई लेखिएको पत्रमा असोज २३ गतेसम्म महोत्सव सञ्चलान गर्न आग्रह गरिएको छ । प्रशासनको निर्देशनविपरीत महोत्सवको अवधि थप गरिए आयोजकका गतिविधि अभिलेखमा राखी भविष्यमा कारबाही गरिने पत्रमा चेतावनीसमेत दिइएको छ ।

Advertisement

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र क्लवबीच महोत्सव थप गर्ने विषयमा केहि दिनदेखि विवाद हुदै आएको थियो । महोत्सवको समय पुनः थप्न लागिएको भन्दै नगर उद्योग वाणिज्य संघले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउदै आएको थियो । यसै क्रममा बुधवार शुक्लागण्डकी नगरपालिकामा आयोजित छलफल कार्यक्रममा नगर उद्योग वाािणज्य संघ र क्ल्वका प्रतिनिधीबीच भनाभनको अवस्था सृजना भएको थियो ।

चाडपर्वमा महोत्सव थप गर्दा यस क्षेत्रका व्यवसायीलाई प्रत्यक्ष असर पर्ने गरी मेलाको अवधि पटकपटक नथपि असोज २२ गतेनै अनिवार्य रुपमा समापन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको थियो । नगरपालिकाले असोज २३ का लागि समापन गर्ने सहमति भएको दाबी गरेको थियो । यता क्लवका अध्यक्ष मिन बहादुर थापाले आज शुक्रवार समापनको लागि विहानसम्म कुनै तयारी नभएको बताए । ‘समापनकोलागि अतिथीहरुलाई खबर गरेको छैन, बोलाउनु प¥यो। उनले भने, ‘जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरि अगाडी बढ्छौं ।’

शुक्लगण्डकी युवा क्लवको आयोजनामा असोज ८ देखि १८ गतेसम्म सञ्चालन गर्ने भनिएको महोत्सव वर्षाका कारण प्रभावित भएकोमा असोज ११ देखि २२ गतेसम्म सञ्चालन भइरहेको छ । क्लवले महोत्सव नोक्सानमा परेको भन्दै महोत्सवको अवधि लम्ब्याउन माग गर्दै आएको छ ।

विज्ञापन
Advertisement
0 SHARES
सेयर गर्नुहोस्: