मुख्य खबर

दुलेगौंडा सांस्कृतिक महोत्सव शुरु

By Meropati
२०८३ कार्तिक ३, सोमवार
दुलेगौंडा सांस्कृतिक महोत्सव शुरु

दुलेगौंडा, १२ असोज । शुक्लगण्डकी युवा क्लब दुलेगौंडाको आयोजनामा आजदेखि वडादशै विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव २०८३ शुरु भएको छ ।
दुलेगौंडाको हेल्थपोस्ट चोकमुनिको चौरमा आयोजित महोत्सवको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गरे । सो अवसरमा मेला महोत्सवले यस क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

क्लव अध्यक्ष मिन बहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शंकर पन्तले गरेका छन् । महोत्सव उद्घाटनपूर्व नगरपालिका गेटबाट विभिन्न संघसंस्था, आमा समुह, क्लव, स्थानीयको सहभागितामा ¥यलाी निकालिएको थियो । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, लाइभ कन्सर्ट, स्थानीय कला तथा संस्कृतिको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, भलिबल प्रतियोगिता, बाल उद्यान, रमाइलो मेला लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ । यसअघि असोज ८ मा उद्घान गर्ने भनिएको महोत्सवको वर्षाका कारण सोमवार गरिएको हो । महोत्सव असोज २२ गतेसम्म चल्ने छ ।

0 SHARES
सेयर गर्नुहोस्: