स्थानिय समाचार
छोराको जन्मदिनमा मन्दिरलाई पंखा सहयोग

दुलेगौंडा, १२ असोज । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले म्याग्दे गाउँपालिकामामा रहेको मूल बराही मन्दिरको सभा हलका लागि ३ थान सिलिङ फ्यान सहयोग गरेको छ ।
क्लब अध्यक्ष जोशिला थापाले आफ्ना दुई छोरा गौरव र सौरवको जन्मदिनको अवसरमा आइतवार व्यक्तिगत रूपमा सो पंखा सहयोग गरेकी हुन् ।






