देश

कांग्रेसको १५औं महाधिवेशनमा तनहुँ–२ बाट महाधिवेशन प्रतिनिधिमा एजिनाको उम्मेदवारी घोषणा

By Meropati
२०८३ कार्तिक १, शनिबार
कांग्रेसको १५औं महाधिवेशनमा तनहुँ–२ बाट महाधिवेशन प्रतिनिधिमा एजिनाको उम्मेदवारी घोषणा

दुलेगौंडा, ९ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि पदमा ३५ वर्षमुनिका युवा महिलाबाट एजिना महतले उम्मेदवारी घोषणा गरेकी छन् ।

Advertisement

शुनपा–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराकी नेविसंघ एकाइ सभापति ÷जिल्ला सदस्य तथा स्ववियु सभापतिकी प्रत्यासी भई विद्यार्थी राजनीतिमा बलियो छाप छोडेकी उनी शिक्षा शास्त्रमा ब्याचलर र राजनीति शास्त्रकी विद्यार्थी हुन् । सामाजिक तथा राजनीतिमा सक्रिय रहँदै, विभिन्न चुनौती र समस्यालाई नजिकबाट भोग्दै, सिक्दै र समाधानका लागि काम गर्दै आएको अनुभवलाई नयाँ जिम्मेवारीसँग जोड्ने उद्देश्यले उम्मेदवारी दिने उल्लेख गरिन् । युवासँग सहकार्य गर्दै, महिला नेतृत्वलाई सशक्त बनाउँदै, आफूले हासिल गरेका अनुभव, सिकाइ र संघर्षलाई सकारात्मक भूमिकामा रूपान्तरण गर्ने प्रयास रहने उनको भनाई छ । नेपाल विद्यार्थी संघकी नेतृ महतले आफूलाई अमूल्य मत दिएर विजयी गराइदिन अनुरोध गरिन् ।

विज्ञापन
Advertisement
3 SHARES
सेयर गर्नुहोस्: