स्थानिय समाचार

कांग्रेसको १५औं महाधिवेशनमा कास्की–२ बाट महाधिवेशन प्रतिनिधिमा नरेशको उम्मेदवारी घोषणा

By Meropati
२०८३ कार्तिक ३, सोमवार
कांग्रेसको १५औं महाधिवेशनमा कास्की–२ बाट महाधिवेशन प्रतिनिधिमा नरेशको उम्मेदवारी घोषणा

दुलेगौंडा, ९ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नं.२ बाट पेशागततर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा अधिवक्ता नरेश प्रसाद बरालले उम्मेदवारी घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुक्रवार उनले लोकतन्त्र, विधिको शासन, न्याय र पार्टीको संस्थागत सुदृढीकरणप्रतिको आफ्नो प्रतिबद्धतालाई अझ प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यका साथ आफ्नो उम्मेदवारी प्रस्तुत गरेको उल्लेख गरेका छन् । अधिवक्ता बरालले उम्मेदवारी केवल एउटा पद प्राप्त गर्ने प्रयास मात्र नभई पेशागत क्षेत्रका साथीहरूको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म पु¥याउने र संगठनप्रति इमानदार योगदान गर्ने दायित्व भएको बताएका छन् । आफूलाई अमूल्य मत दिएर विजयी गराइदिन बरालले अनुरोध गरेका छन् ।

Advertisement
0 SHARES
सेयर गर्नुहोस्: