स्वास्थ्य

शुक्लागण्डकीकाका कक्षा ६ का छात्रालाई एचपीभी खोप लगाइदै

By Meropati
२०८३ कार्तिक २, आइतवार
शुक्लागण्डकीकाका कक्षा ६ का छात्रालाई एचपीभी खोप लगाइदै

दुलेगौंडा, ८ असोज । तनहुँको शुक्लागण्डकीका ६ वटा वडाका विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्राहरुलाई विहिवार एचपीभी खोप लगाइएको छ । विहिवार वडा नं. १, २, ८, ९, ११ र १२ नं. वडामा खोप लगाईको स्वास्थ्य शाखा प्रमुख डिवी थापाले जानकारी दिए । बाँकी वडाका कक्षा ६ मा अध्ययनरत छात्राहरुलाई शुक्रवार खोप लगाईने छ । शुक्लागण्डकीका कुल ४ सय ६९ छात्रालाई यो खोप लगाइने छ । यो खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ । सबैभन्दा धेरै मृत्युको कारक पनि यही क्यान्सर हो । औसतमा दैनिक ६ जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ ।

Advertisement
0 SHARES
सेयर गर्नुहोस्: