दुलेगौंडा सांस्कृतिक महोत्सव आजदेखि

दुलेगौंडा, ८ असोज । शुक्लगण्डकी युवा क्लब दुलेगौंडाको आयोजनामा आजदेखि वडादशै विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव २०८३ शुरु हुदै छ ।
महोत्सव १८ गतेसम्म दुलेगौंडाको हेल्थपोस्ट चोकमुनिको चौरमा महोत्सव सञ्चालन हुने क्लव अध्यक्ष मिन बहादुर थापाले जानकारी दिए ।
महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सव उद्घाटनपूर्व नगरपालिका गेटबाट स्थानीयको सहभागितामा ¥यलाी निकालिने उनले उल्लेख गरे । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, लाइभ कन्सर्ट, स्थानीय कला तथा संस्कृतिको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, भलिबल प्रतियोगिता, बाल उद्यान, रमाइलो मेला लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ । दशैको मुखमा महोत्सव गर्न लागेकोमा मंगलवार शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले शुक्लागण्डकी नगरपालिकाको ध्यानाकर्षण गराएको थियो । संघले व्यवसायिक सट्टा साँस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ ।







