अर्थ र वाणिज्य

बजाजको राष्ट्रिय निःशुल्क चेकअप क्याम्प दुलेगौंडामा पनि

By Meropati
१ घण्टा अघि
बजाजको राष्ट्रिय निःशुल्क चेकअप क्याम्प दुलेगौंडामा पनि

दुलेगौंडा, ७ असोज । चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निःशुल्क चेकअप क्याम्प जारी छ ।

असोज ४ देखि शुरु असोज ९ गते शुक्रवारसम्म सञ्चालन हुने छ । क्याम्पअन्तर्गत नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा गई बजाज मोटरसाइकलको निःशुल्क व्यावसायिक चेकअप गराउन सकिने कम्पनीले जनाएको छ । शुक्लागण्डकी क्षेत्रमा दुलेगौंडास्थित शुभेच्छा अटो वक्र्समा सो सुविधा रहेको कम्पनीले जनाएको छ ।
चाडपर्वको समयमा यात्राको संख्या तथा दूरी बढ्ने भएकाले यात्राअघि मोटरसाइकलको अवस्था जाँच गरी सम्भावित मर्मतसम्भारका आवश्यकताहरु समयमै पहिचान गर्न बजाजले ग्राहकलाई प्रोत्साहित गरेको हो ।
निःशुल्क चेकअपका क्रममा थप मर्मतसम्भार वा पार्टपुर्जा फेर्नुपर्ने आवश्यकता देखिएमा ग्राहकले विभिन्न सेवामा विशेष छूटसमेत प्राप्त गर्न सक्नेछन् । क्याम्प अवधिभर लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा १६ प्रतिशत, स्पेयर पाट्र्समा १० प्रतिशत र युरोग्रिप टायरमा १० प्रतिशत छूट उपलब्ध हुनेछ ।
बजाजका अनुसार नियमित निरीक्षण तथा समयमै गरिने मर्मतसम्भारले सम्भावित समस्याहरुलाई ठूलो समस्या बन्नुअघि नै पहिचान गर्न सहयोग पु¥याउन सक्छ । त्यसैले, चाडपर्वको यात्रामा निस्कनुअघि मोटरसाइकलको अवस्था जाँच गर्नु महत्त्वपूर्ण रहेको कम्पनीले जनाएको छ । यो क्याम्पका लागि ग्राहकले छुट्टै कार्यक्रमस्थल वा तोकिएको क्याम्पमा जानुपर्ने छैन ।

0 SHARES
सेयर गर्नुहोस्: