कालिका बहुमुखी क्याम्पसमा छात्राहरुका लागि “आत्म रक्षा” सम्बन्धि प्रशिक्षण

दुलेगौंडा, ६ असोज । पोखरा–१४ काजिपोखरीमा रहेको कालिका बहुमुखी क्याम्पसमा छात्राहरुका लागि “आत्म रक्षा” सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पठनपाठन संगसंगै छात्राहरुलाइ आत्मरक्षामा अब्बल बनाउने उदेश्यले आयोजित कार्यशालमा जोन्टा क्लब अन्र्तगत गोल्डेन जि क्लब अफ अन्नपूर्ण र ईम्प्याक्ट तेकवाण्डो डोजनका प्रशिक्षक निरोज बहादुर नेपालीले प्रशिक्षण दिएका हुन ।
प्रशिक्षक नेपालीले छात्राहरुमा मानसिक आवस्था छात्राले भोग्ने तनाब, समाजमा देखा पर्ने यौनजन्य दुव्यवहारले शिक्षण सिकाइमा पार्ने असरका बारेमा प्रकाश पारे । प्रमुख अतिथि तथा क्याम्पस प्रमुख प्राध्यापक बिरन्जी गौतमले प्रभावकारी पठनपाठनका लागि विद्यार्थी स्वय आफनो मानसिक र शारिरिक रुपमा स्वास्थ र सचेत हुन आवश्यक रहेको बताए । विद्यार्थीहरु आफ्नो सुरक्षा प्रति सचेत रहेमा त्यसले क्याम्पस र समाजलाई अनुकुल प्रभाव पार्ने बताए । जोन्टा क्लब पोखरा र गोल्डेन जि क्लब अफ अन्नपूर्णले क्याम्पसलाई विभिन्न समयमा विद्यार्थी केन्द्रित परिक्षणहरु छात्रवृक्ति लगायत विविध क्रियाकलापलाई सञ्चालनमा सहयोग पुरयाएकोमा धन्यबाद व्यक्त गरे ।
ईम्प्याट तेकवाण्डो डोजनका प्रशिक्षकबाट क्याम्पस सभाहलमा आत्म सुरक्षा सम्बन्धि विभिन्न अभ्यास गराइएको थियो । आत्मरक्षा सम्वन्धि प्रशिक्षकबाट प्राप्त ज्ञानले विद्यार्थीहरुमा आत्म विश्वास वढ्ने कार्यक्रम संयोजक तथा शिक्षीका साम्राज्ञी थापाले बताईन ।
क्याम्पसका सहायक क्याम्पस प्रमुख युवराज गुरुङ्ग र शालिकराम तिमिल्सिनाले प्रशिक्षणबाट प्राप्त सिप लाई व्यवहारमा लागु गर्ने र आफ्ना साथीहरुलाई पनि यस वारेमा सचेत गराउनु पर्ने बताए । गोल्डेन जि क्बलका अध्यक्ष आकाश विक को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोन्टा क्लबका अध्यक्ष निलिसा केसीले उपस्थित सम्पूर्णलाई धन्यबाद दिएकी थिइन् ।





