टिभीएसको दुई पाङ्ग्रे सवारीकोलागि दुलेगौंडामा एञ्जल राईडर्स प्रालिको शुभारम्भ

दुलेगौंडा, ५ असोज । टिभीएस कम्पनीको मोटरसाईकल र स्कुटरको आधिकारिक विक्रेता एञ्जल राईडर्स प्रालिको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
तनहुँको शुनपा–४ दुलेगौंडास्थित शुक्लागण्डकी एफ.एम.को पारि स्थापित सो प्रालिको चर्चित कथा वाचिका सुश्री आँचल बसेल र शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले संयुक्त रुपमा गरेका हुन् । लालचन अटो इन्जिनीयरिङका सञ्चालक समेत रहेका युवा व्यवसायी वशन्त लालचनले सो शो रुम सञ्चालनमा ल्याएका हुन् ।
चर्चित कथा वाचिका सुश्री आँचल बसेलले व्यवसायिक सफलताको कामना गरिन् । उद्घाटनको अवसरमा नगर प्रमुख कृष्णराज पण्डितले शुक्लागण्डकी व्यवसायिक हब बन्दै गएको बताउदै कम्पनीको सफलताको कामना गरे । कार्यक्रममा टिभीएसका नेपाल प्रमुख धनिराम भुषाल, शंकर पन्त लगायतले बोलेका थिए । कम्पनीले पेट्रोलका साथै नयाँ मोडेलका इलेक्ट्रिक स्कुटरहरु विक्रिकालागि ल्याएको लालचनले जानकारी दिए ।



