स्थानिय समाचार

शुक्लागण्डकीमा अनलाइन ठगी, लागू औषध तथा साइबर अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रम

By Meropati
२०८३ अशोज ३, शनिबार
शुक्लागण्डकीमा अनलाइन ठगी, लागू औषध तथा साइबर अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रम

दुलेगौंडा, २१ असार ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडामा विद्यार्थी र उनीहरुका अभिभावकलाई केन्द्रित गर्दै अनलाइन ठगी, लागू औषध तथा साइबर अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
आइतवार भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी अभिभावक र शिक्षक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक राजेन्द्र उपाध्यायले सहजिकरण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँको समन्वय तथा सहकार्यमा भएको कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले लागूऔषधको दुव्र्यसनीबाट जोगाउन सबैभन्दा पहिले परिवारलेनै निगरानी गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीज्यू , गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामु अर्याल र गण्डकी प्रदेश प्रहरी विद्यालय बेलचौतारा तनहुँका प्राचार्य मुकुन्द गिरी लगायतले पछिल्लो समयमा बढ्दै गएको अनलाईन ठगिबाट डिजिटल साक्षरता आवश्यकता औंल्याए ।

0 SHARES
सेयर गर्नुहोस्: