स्थानिय समाचार
च्यवनधाममा बटुक तथा जेष्ठनागरिकलाई भाेजन अर्पण

१४ असार, तनहुँ । माँ अम्बे अलाैकिक कृषि फार्मका सञ्चालक, कृषक कल्पना गाैलीले आइतबार शुक्लागण्डकी नगरपालिका २ गाछेपानीमा रहेकाे श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा जेष्ठनागरिक तथा बटुकहरूलाई भाेजन सहयाेग गरकी छन् ।

धाम स्थित गुरूकुलका अध्ययनरत विद्यार्थी तथा आश्रममा आश्रित जेष्ठनागरिकलाई ५१०० रूपैयाँ बराबरकाे १ छाक सामुहिक भाेजन तथा फलफूल अर्पण गरेकी हुन् । व्यास नगरपालिका – ५, ढाेडेनीमा ड्रागन फ्रुटकाे व्यवसायिक खेती गर्दै आएकी गाैलीले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक उत्पादनकाे अवसरमा सामाजिक क्षेत्रमा सहयाेग कार्यक्रम गर्दै आएकी छन् ।





